फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कम अब बार्सिलोनामा

 साउन ९, २०७५ बुधबार ११:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कमलाई अनुबन्ध गरेको छ । रोमाले पछ्याइरहेको माल्कमलाई बार्सिलोनाले ३६.५ मिलियन पाउण्डमा बार्सिलोना भित्राएको हो ।

२१ वर्षे विङ्गर आबद्ध गर्नका लागि रोमाले प्रकृया अघि बढाएको थियो । तर उनलाई बार्सिलोनाले पाँच वर्षका लागि सम्झौता गरेको छ । सोमबारमात्रै रोमाले माल्कमको अनुबन्ध प्रकृया पूरा हुन मेडिकल र ब्यक्तिगत सम्झौता मात्र बाँकी रहेको जनाएको थियो ।

बार्सिलोनामा सम्झौता भएपछि रोमाका निर्देशक मोन्चीले कानुनी प्रकृया सुरु गर्ने बताएका छन् । ‘माल्कमका एजेन्ट फर्नान्डो गार्सियाले सबै कुरा मिलिसकेको र खेलाडी साँझसम्ममा रोमा पुग्ने बताएका थिए । तर केही समयपछि एजेन्टले राम्रो प्रस्ताव आएकाले माल्कमले बार्सिलोना जाने निर्णय गरेको बताएका थिए ।’

बुधबार माल्कमले बार्सिलोनामा मेडिकल परीक्षण गर्नेछन् । ब्राजिल यू–२३ र यू–२० को टिममा परेका माल्कमले बोर्डोका लागि ८४ लिग खेलमा २० गोल र १३ एसिस्ट गरेका थिए ।

यो समरमा बार्सिलोनाले भित्राउने खेलाडीमा माल्कम दोस्रो हुन् । यसअघि बार्सिलोनाले ग्रेमियोबाट मिडफिल्डर अर्थर अनुबन्ध गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया