डोटीको शिखर नगरपालिकामा ज्येष्ठ नागरिकलाई घरमै उपचार

 फागुन ११, २०७६ आइतबार १५:११:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको शिखर नगरपालिकाले आफ्ना सबै वडामा रहेका ज्येष्ठ नागरिकलाइ निःशुल्क स्वास्थ्य सेवा दिने अभियान सञ्चालन गरेको छ ।

ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यले नगरपालिकाले निःशुल्क शिविर सञ्चालनमा ल्याएको  नगर प्रमुख सिताराम जोशीले बताउनुभयो ।

अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुको टोली अहिले घर घरमा गएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका शिखर नगरपालिका-२, कालागाडका स्थानीय चेतबहादुर बोगटीले बताउनुभयो ।  

नगरपालिकाले सञ्चालन गरेको शिविरमा ज्वरो, रुघखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गाैलालगायतकाे जाँच र  उपचार निःशुल्क हुने शिखर नगरपालिका स्वास्थ्य इकाइ प्रमुख हरिष शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निःशुल्क शिविरमा सबै बिरामीको परीक्षण गरिनेछ, जटिल खालको समस्या देखिए जिल्ला अस्पताल डोटीलगायत अन्य जिल्ला बाहिरका अस्पतालमा उपचारकालागि पठाइने छ ।’

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया