सीपी मैनालीकाे स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै राखिने

 फागुन १६, २०७६ शुक्रबार ९:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दुर्घटनामा घाइते हुनुभएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

बिहीबार झापाबाट काठमाडौ फर्कने क्रममा भएको दुर्घटनामा मैनालीको ढाडको हड्डि भाँच्चिएको तथा टाउको र मुखमा चोट लागेको ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभयो ।

मैनाली चढेकाे बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।

यस्तै उहाँकी बुहारीको दुई वटै खुट्टा भाँचिएको पनि उहाँले बताउनुभयो । दुवै जनाको राति नै शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

मैनालीलाई कम्तीमा पनि एक हप्ता अस्पतालमा राख्नुपर्ने डाक्टर पाण्डले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया