असिनाले हिउँदेबालीमा क्षति, किसान मर्कामा

 फागुन १८, २०७६ आइतबार ११:४४:१६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकामा शनिबार राति ठूलो मात्रामा असिना परेको छ । 

असिनाका कारण त्यस क्षेत्रका किसानले सयौँ रोपनी जग्गामा लगाएका गहुँ, जहुँ, तोरी तथा तरकारीलगायत अन्य बालीमा क्षति पुर्‍याएको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत  टेकबहादुर खड्काले बताउनुभयो । 

‘बिहान घाम लागेको थियो, साँझ एकाएक असिना पर्‍यो अनि गहुँ, जहुँ, तोरीबाली र तरकारीलयायतका बाली पूरै सखाप पार्‍यो’, उहाँले भन्नुभयो । 

झण्डै आधा घण्टा परेको असिनाले पाकेर काट्ने अवस्थाको गहुँ सबै झारेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । 

असिनाले पाकेर भित्र्याउनै लागेको गहुँ, जहुँ तथा तोरीबालीमा क्षति गरेपछि किसानहरु चिन्तामा परेका छन् । असिनाले क्षति पुर्‍याएपछि स्थानीय भरतबहादुर बोहराले भन्नुभयो, ‘असिनाले किसानलाई निकै समस्या पारेको छ, बाली काट्ने बेला परेको असिनाले ठूलै नोक्सान गरेको छ ।’ 

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जहुँ लागयतका अन्यबाली सप्रिने आशामा खुशी भएका किसानहरु शनिशार साँझ परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्‍याएपछि निराश भएका छन् । 

असिनाले किसानले लगाएका टमाटर, बन्दा, प्याज र काक्रोलगायतका तरकारी खेतीमा समेत क्षति पुर्‍याएको बताइएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिकामा असिनाले ठूलो नोक्सानी गरेको खबर प्राप्त भए पनि अन्य ठाउँको क्षतिको बारेमा जानकारी लिने काम भइरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया