थुप्रै विद्यार्थी एकैपटक बिरामी भएपछि स्वास्थ्यकर्मीकाे टाेली डाेटीकाे जाेरायलमा

 फागुन २४, २०७६ शनिबार ९:३०:६ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको जोरायल गाउँपालिका-५, गड्सेरामा रहेकाे जनप्रिय आधारभूत विद्यालयमा केही दिनदेखि अज्ञात रोगबाट एकैपटक थुप्रै विद्यार्थी बिरामी परेपछि स्वास्थ्यकर्मीकाे टोली पुगेर उपचार सुरु गरेकाे छ ।

गएकाे फागुन २१ गतेदेखि विद्यालयको होस्टेलमा रहेका विद्यार्थीबाट रोग सुरु भएको भए पनि अहिले सम्म रोगको पहिचान हुन नसकेकको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यार्थीहरुलाइ ज्वरो आउने, नाक र मुखबाट सिगान र र्‍याल बग्ने गरेको थियाे । 

विद्यार्थीहरु बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका चिकित्सकहरुको टोलीले विद्यार्थीको उपचार गरे पनि निको नभएपछि उनीहरुलाई बडीकेदार गाउँपालिकामा रहेकाे स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको विद्यालयका अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताउनुभयो ।

यसैबीच स्वास्थ्यकर्मीकाे टोली चौकी गाउँमा पुगेको छ । अज्ञात रोगले विद्यार्थी बिरामी भएको समाचार तथा फोटो सञ्चारमाध्यममा बएपछि संघीय स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय डोटीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा गएको हो ।

उहाँका अनुसार टोलीमा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, जोरायल गाउँपालिका स्वास्थ्य संयोजक गाबिन्द विष्ट लगायत रहेका छन् । स्वाथ्यकर्मीको टोलीले बिरामी परेका विद्यार्थीहरुको रगत संङ्कलनदेखि अन्य उपचार सेवा शनिबार बिहानदेखि सुरु गरेका छन् ।

आफना नानी बाबुहरु एका एक बिरामी परेका कारण विद्यार्थीका अभिभावकहरु पनि चिन्तित बनेका छन् । अज्ञात रोगले एउटै विद्यालयका ३५ जना विद्यार्थी एका एक बिरामी परेपछि अन्य विद्यालयमा समेत त्रास फैलिएको स्थानीय महाकाली माविका प्रधानाध्यापक ज्ञानीप्रशाद ओझाले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य संयोजक रमेश मलासीले चौकी गाउँका विद्यार्थीमा भएको रोग निको पारेपछि अन्य विद्यालयमा तत्कालै स्वास्थ्य शिविर राखिने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया