डाेटीमा साताैँ पटक हिमपात

 फागुन २४, २०७६ शनिबार १०:४२:३१ | विमल बिष्ट
unn.prixa.net

डोटी - बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण जिल्ला सदरमुकाम सिलगढीका डाँडाकाँडामा बाक्लो हिमपात भएको छ ।

डोटीसहित यहाँका अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम तथा डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी सञ्चार शाखाले जनाएको छ ।

यो सहित यहाँका पहाडी जिल्लामा सातौँ पटक हिमपात भएको हो । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै कम्तीमापनि दुई फिट हिमपात भएको खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ । 

गएकाे फागुन ९ गते परेको हिउँ पग्लन नपाउँदै फेरि शुक्रबार रातिदेखि हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

डोटीकोे खप्तडमा रहेकाे झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथान, नापानी, चिरकिट्टे, उदैनि, देउताल, मुस्ताल लगायतका क्षेत्रमा हिमपातका कारण चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिका वडा नं १ नापनाीका स्थानीय दीर्घबहादुर बोगटीले बताउनुभयो ।

हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने अहिले सातौँ पटक हिउँपरेपछि हिउँले गहुँ लगायतका अन्य तरकारी खेती कुहिने तथा बिग्रिने भन्दै चिन्तित बनेका छन् ।

हिमपात सँगै चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित हुने चिकित्सकहरु बताउँछन् ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया