तराईमा हाेली मनाइँदै, जनकपुरमा भने बुधबार मनाइने

 फागुन २७, २०७६ मंगलबार १०:३७:३९ | सुभाष कर्ण
unn.prixa.net

फाइल फाेटाे

धनुष – तराईमा मङ्गलबार फागु अर्थात होली पर्व मनाइँदै छ । पहाडी र हिमाली क्षेत्रमा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । 

तराईमा आज अबीरलगायतका रङ्ग दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । तर यसपालि कोरोना भाइरसको जोखिमका कारण तराईमा पनि अघिल्ला वर्षको जस्तो होलीको उल्लास नभएको हाम्रा सहकर्मीहरुले जनाएका छन् । 

होलीको अवसरमा तराईमा मङ्गलबार सार्वजनिक बिदा दिइएको छ । तर कोरोनाको जोखिम रहेकाले सँधैजस्तो यसपटक जमघट भएर होली नखेल्न सरकार र सरुवारोग विशेषज्ञ डाक्टरहरुले आग्रह गरेका छन् । भिडभाडमा जाँदा, नजिकै पुगेर रङ्ग लगाइदिँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन डाक्टरले आग्रह गरेका हुन् । 

यसैबीच धनुषाको जनकपुरमा भने भोलिमात्रै होली पर्व मनाइने भएको छ । आज मङ्गलबार परेकोले माछा मासु खान नमिल्ने भएपछि भोलिमात्रै होली पर्व मनाउन लागिएको हो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया