पाल्पामा गाउँपालिकाबाट आएको ‘बाटाे खर्च’ पत्रकारद्वारा फिर्ता

 चैत १, २०७६ शनिबार ८:५३:१९ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिकाले बिनाकाम आफूलाई पैसा पठाएको भन्दै पत्रकार सुनिल कार्कीले हुलाक मार्फत गाउँपालिकामै फिर्ता पठाउनुभएको छ ।

जिल्ला हुलाकमार्फत पत्रमा पैसा पठाएको भन्दै कार्कीले सामाजिक सञ्जालमा राखेपछि राम्रो काम गरेको भन्दै दर्जनौँ प्रतिकृया आएका छन् । सामाजिक सञ्जालमा उहाँले ‘एक पत्रकार मित्रसँग मलाई पठाएको एक हजार के कति कारणले पठाएको हो, स्रोत नखुलेको कारण ग्रहण गर्न असमर्थ छु’ भन्ने स्टाटस राख्नुभएकाे थियाे ।

आर्थिक सुशासन र पारदर्शितालाई आत्मसात गर्ने नारा बोकेको गाउँपालिकाले हचुवाको भरमा यसरी आर्थिक दुरुपयोग गर्न ठिक नभएको कार्कीको भनाइ छ । 
कार्कीसँगै रिपोर्टिङका लागि स्थानीय गाउँमा पुगेका अर्का पत्रकारका अनुसार पत्रकार आएको थाहा पाएपछि गाउँपालिकाको अर्को कार्यक्रम रहेको भन्दै सहभागी हुन प्रमुख प्रशासकीय अधिकृतले आग्रह गरेका तर आफूहरु अर्के कामका लागि आएको भनेपछि बाटोमै हस्ताक्षर गराएर पैसा दिएका हुन् । 

‘पत्रकारलाई कार्यक्रममा बोलाएपछि आउने जाने बाटो खर्च र खाजा खर्च दिने चलन अनुसार नै दिएका हौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले भन्नुभयो, ‘किन फिर्ता गर्नुभएछ, सायद अरु कुनै कारणले होला कि ?’

मनलाग्दी भुक्तानी 

अघिल्लाे आर्थिक वर्षमा रिब्दीकोट गाउँपालिकाले सञ्चारगृहलाई भुक्तानी गरेको रेकर्ड हेर्दा बिनामापडण्ड पैसा दिएको देखिएको छ । एउटै संस्थालाई पटक पटक सूचना र कार्यक्रम बापत रकम दिएको गाउँपालिकाले छिमेकी रुपन्देही र काठमाण्डौका संचारगृहलाई समेत रकम दिएकाे पाइएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया