बिरामीकाे ज्यान गएपछि भैरहवा मेडिकल कलेज तनावग्रस्त

 चैत ३, २०७६ सोमबार १७:४४:८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – उपचार गराउन आएकी महिलाको ज्यान गएपछि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज तनावग्रस्त बनेकाे छ ।

नवलपरासीको बर्दघाट नगरपालिका २ की यमकुमारी पुनको दाँतको उपचार गराउने क्रममा ज्यान गएपछि आफन्तले चिकित्सकको लापर्वाहीले बिरामीकाे ज्यान गएकाे भन्दै डाक्टरमाथि नै हातपात गरेको बताइएको छ ।

अस्पतालका व्यवस्थापक कमल ढकालका अनुसार कुटपिटबाट डाक्टर अर्चन घिमिरे सहित २० जना घाइते भएका छन् । मृतकका देवर धर्मबहादुर पुनले शुक्रबार दाँतको उपचार गराउन आएकी भाउजुको डाक्टरको लापर्वाहीका कारण साेमबार ज्यान गएको आराेप लगाउनुभयाे ।

डाक्टरमाथि कुटपिट भएपछि त्यहाँ रहेका अन्य डाक्टरहरुले प्रतिकार गरेका छन् । अस्पतालले भने चिकित्सकको लापर्वाहीका कारण बिरामीको ज्यान नगएकाे बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले असामान्य अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको बताएको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया