काेराेना भाइरस : ८४ हजारभन्दा धेरै उपचारपछि घर फर्किए

 चैत ६, २०७६ बिहिबार ६:२८:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका झण्डै साढे ८४ हजार मानिस उपचारपछि निको भएका छन् । 

अहिलेसम्म विश्वका एक सय ७३ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय क्रुज शिपमा फैलिएको कोरोनाका कारण दुई लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये झण्डै साढे ८४ हजार तीन सय ८६ जना उपचारपछि निको भएका हुन् । 

सङ्क्रमितमध्ये एक लाख २५ हजार तीन सय ६० जनाले उपचार गराइरहेका छन् । सङ्क्रमणबाट अहिलेसम्म आठ हजार ९ सय ४४ जनाको ज्यान गएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा इटलीमा थप चार सय ७५ जनाको ज्यान गएसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ९ सय ७८ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनमा अहिलेसम्म सबैभन्दा धेरै ३ हजार २ सय ३७ जनाको ज्यान गएको छ । 

यसैबीच युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्यता पाएका राष्ट्रबाट पुग्ने सबै नागरिकलाई फर्काउन थालेको छ । २७ वटा देशले ३० दिने प्रतिबन्ध कार्यान्वयनको लागि विमानस्थल पुगेकाहरुलाई पनि फर्काउन थालेको बीबीसीले जनाएको छ । 

यस्तै अमेरिका र क्यानाडाले पनि आफ्नो सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । कोरोना सर्ने जोखिम रहेको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच व्यापारमा कुनै असर नपर्ने गरी दुई देशको सीमा बन्द गर्ने सहमति भएको हो । 

यसैगरी बेलायतले पनि शुक्रबार देखि अनिश्चितकालको लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया