इटलीमा काेराेना : ज्यान गुमाउनेकाे सङ्ख्या ३ हजार नजिक

 चैत ६, २०७६ बिहिबार ८:१८:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इटलीमा कोरोना भाइरस (कोभिड–१९) का कारण एकैदिन चार सय ७५ जनाको ज्यान गएको छ । कोरोनाको प्रकोपपछि एकैदिन ज्यान गुमाउने मानिसको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । 

इटलीमा अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ९ सय ७८ जनाको ज्यान गएको छ । ३५ हजार सात सय १३ जनामा सङ्क्रमण देखिएकोमा चार हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । 

बुधबार इटलीमा ज्यान गुमाउने चार सय ७५ जनामध्ये उत्तरी क्षेत्र लोम्बार्डीमा मात्रै तीन सय १९ जनाको ज्यान गएको हो । 

इटली कोरोनाको उद्गमस्थल चीनपछि सबैभन्दा बढी प्रभावति बनेको छ । गएको डिसेम्बर अन्तिममा चीनबाट फैलन सुरु भएको भाइरसका कारण अहिलेसम्म आठ हजार ९ सय ५३ जनाको ज्यान गइसकेको छ, जसमध्ये चीनमा तीन हजार दुई सय ३७ जनाको ज्यान गएको छ । 

दुई लाखभन्दा धेरै सङ्क्रमण पुष्टि भएका घटनामा ८० प्रतिशत युरोप र दक्षिणी प्रशान्त क्षेत्र (जसले एसियाको धेरै भाग समेट्छ) मा देखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । 

कोरोनाको सङ्क्रमणका कारण धेरै देशले कडा कदम चालेका छन् । सङ्क्रमण फैलिन नदिन सामाजिक दुरी, प्रमुख समारोह रद्द लगायतका उपाय अपनाइएको छ । 

‘तर महामारीलाई नियन्त्रण गर्न देशहरुले आइशोलन, परीक्षण र सङ्क्रमणलाई विशेष प्राथमिकता दिनुपर्छ’, डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया