'वुहानमा बुधबार काेराेनाका नयाँ सङ्क्रमित भेटिएनन्'

 चैत ६, २०७६ बिहिबार १०:३२:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमणको उद्गमस्थल चीनको वुहान शहरमा नयाँ सङ्क्रमित शून्य पाइएको छ ।

गएको डिसेम्बर हुबेइ प्रान्तको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसपछि यो सङ्क्रमण विश्वभर फैलिरहेको छ । तर बुधबार वुहानमा नयाँ सङ्क्रमण नपाइएको चिनियाँ सरकारी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

कोरोनाका कारण वुहानमा बुधबार थप आठ जनाको ज्यान गए पनि नयाँ सङ्क्रमण भने नदेखिएको बताइएकाे छ । हुबेइ प्रान्तमा ६७ हजार आठ सय जनामा सङ्क्रमण भएको छ । हुबेइकाे राजधानी वुहानमा मात्रै सङ्क्रमितको सङ्ख्या ५० हजार पाँच रहेको छ ।

वुहानमा अहिले भाइरसकाे सङ्क्रमण रोकिएको त्यहाँका अधिकारीले बताएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा दुई लाख १९ हजार एक सय ८१ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये आठ हजार ९ सय ६५ जनाको ज्यान गएको छ भने ८५ हजार सात सय ४२ जना उपचारपछि घर फर्किएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया