नेपाल एअरलाइन्सको दुबई र जापान उडान स्थगित : पैसा फिर्ता लिन आग्रह

 चैत ६, २०७६ बिहिबार १८:५७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुबईमा गर्दै आएको नियमित उडान चैत ७ गतेको मध्यरातदेखि लागू हुनेगरी स्थगित गरेको छ ।

उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ । 

चैत्र ७ गते र त्यसभन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमको भनाइ छ ।

उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने निगमले जनाएको छ । निगमले यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया