कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघ्यो, ज्यान गुमाउने चीनमा भन्दा इटलीमा धेरै

 चैत ७, २०७६ शुक्रबार ६:१४:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै दुई लाख ४५ हजार ३३ जना सङ्क्रमित भएकोमा ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ ।

कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा भन्दा इटलीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै पुगेको छ । चीनमा तीन हजार दुई सय ४५ जनाको ज्यान गएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाले ज्यान गुमाएका छन् ।

इटलीमा पछिल्लो २४ घण्टामा चार सय २७ जनाले ज्यान गुमाएका छन भने पाँच हजार तीन सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ४१ हजार ३५ जना सङ्क्रमित भएको इटलीमा चार हजार चार सय ४० जना उपचारपछि निको भएका छन् ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत लगायतका देशमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या उच्च रहेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया