काठमाण्डाै छाड्नेकाे सङ्ख्या बढ्याे, २४ घण्टामा एक लाख बढी मानिस बाहिरिए

 चैत ७, २०७६ शुक्रबार ९:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाण्डौ छाड्नेको सङ्ख्या बढेको छ । गएको २४ घण्टामा काठमाण्डाैका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो सङ्ख्या गएकाे बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । यस्तै काठमाण्डाै भित्रनेको सङ्ख्या भने घटेको छ । गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना काठमाण्डाै आएका छन् । यो बुधबारकाे भन्दा १५ हजार सात सय ९५ जना कम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कोरोना भाइरस (काेभिड–१९) को जोखिमका कारण काठमाण्डाै उपत्यका छाड्नेको संख्या बढेको हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि पनि काठमाण्डनै छाड्नेको सङ्ख्या यसैगरी बढेको थियो ।

सरकारले पनि अबको एक महिना रुट इजाजत बिना पनि गाडी चलाउन पाइने व्यवस्था गरेको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै आउँदो बिहिबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिएको छ । विभागले सूचना निकालेर कोरोना भाइरसको जोखिमका कारण लाइसेन्सको नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिए पनि नविकरण तथा प्रतिलिपि दिने काम भने नियमित हुने जनाएको हो ।

यस्तै लामो तथा छोटो दुरीका गाडीमा सिट क्षमताभन्दा एक जना पनि बढी यात्रु नराख्न र सिट खाली नभए गाडीमा नचढ्न र यात्रा गर्दा अनिवार्य मास्क (मुखावरण) लगाउन यात्रुलाई अनुरोध गरेको छ ।

यसैगरी उपत्यकाबाहिर जाने यात्रुलाई बसपार्क र नाकामा रहेका हेल्थ डेक्समा आफ्नो शरीरको तापक्रम नापेर गाडी चड्न पनि अनुरोध गरेको छ । विभागले गाडी दैनिक रुपमा सफा गरेर जीवाणु रहित बनाउन, त्यो नसके स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया