अमेरिकामा काेराेना : क्यालिफाेर्नियाका नागरिकलाई 'घरमै बस्न' आग्रह

 चैत ७, २०७६ शुक्रबार ९:२०:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि क्यालिफोर्निया राज्यका नागरिकलाई ‘घरभित्रै रहन’ भनिएको छ । 

भाइरसको सङ्क्रमण थप फैलिन नदिन क्यालिफोर्निया राज्यले नागरिकहरुलाई अनावश्यक रुपमा घरबाट बाहिर ननिक्लिन भनेको छ । 

गभर्नर गभिन न्युसमले क्यालिफोर्नियाका नागरिकले भाइरसको महामारीका बीच आवश्यक पर्दा मात्र घरबाहिर निस्कन सक्ने बताए ।    

गभर्नर न्युसमले यसअघि नै चार करोड जनसङ्ख्या रहेको राज्यमा आउँदो दुई महिनामा आधाभन्दा बढी भाइरसको सम्पर्कमा आउन सक्ने बताएका थिए । 

अहिलेसम्म कोरोनाका कारण अमेरिकामा दुई सय १८ जनाको ज्यान गएको छ भने १३ हजार तीन सय १६ जनामा सङ्क्रमण पाइएको छ । सङ्क्रमितमध्ये एक सय २१ जना उपचारपछि घर फर्किएका छन् । 

‘यो हामीले कडा निर्णय लिने समय हो । हामीले वास्तविकतालाई बुझ्नु आवश्यक छ’, गर्भनर न्युसमले भने । 

कोरोनाका कारण अमेरिकाले यो वर्ष हुने भनिएको जी–७ देशहरुको सम्मेलन पनि रद्द गरेको छ । अब यो सम्मेलन भिडियो कन्फ्रेन्सको माध्यमबाट गरिनेछ । 

यो सम्मेलन आउँदो जुन महिनामा क्याम्प डेविडमा हुने तय भएको थियो ।   

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया