घरबाहिर कोरोनाको सङ्क्रमणबाट कसरी बच्ने ?

 चैत ७, २०७६ शुक्रबार ९:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरस (काेभिड–१९) को जोखिम बढेसँगै घरबाहिर निस्कन डराउने धेरै छन् । बिना काम घरबाहिर ननिस्कन र निस्कनै परे मास्क (मुखावरण) काे प्रयाेग गर्न सरकारले आग्रह गरेको छ । 

घरबाहिर निस्किँदा के गर्ने ? 

– घरबाहिर निस्किँदा सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने 
– सर्जिकल मास्क नभए रुमालले मुख छोप्ने वा कपडाको मास्क प्रयोग गर्ने  
– कसैसँग हात नमिलाउने 
– हात मिलाउनुको सट्टा नमस्कार गर्ने
– कुनै सामान चलाउनु परे वा केही खानु परे स्यानिटाइजर प्रयोग गर्ने
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने 
– साबुन पानीले कम्तीमा २० सेकेण्ड मिचेर हात धुने  
– कसैसँग अङ्कमाल नगर्ने
– भिडभाडमा नजाने
– अन्य व्यक्तिभन्दा कम्तीमा एक मिटर टाढा बस्ने 
– ह्याण्ड हाइजिन र कफ हाइजिनमा ध्यान दिने
– सुख्खा खोकी, धेरै ज्वरो र श्वास फेर्न गाह्रो भए स्वास्थ्य जाँच गराउने 
– कोरोनाको बिरामी भेट्न जाँदा एन–९५ मास्क लगाउने  

प्रतिरोधात्मक क्षमता राम्रो छ भने कोरोना भाइरसले सङ्क्रमण गरे पनि निको हुन्छ । कोरोना सङ्क्रमितलाई भेट्न जाँदा, उपचार गर्दा वा सङ्क्रमितको सम्पर्कमा जाँदा एन–९५ मास्क अनिवार्य रुपले लगाउनुपर्छ । तर बाटोमा हिँड्दा र सपिङ मलमा जाँदा सर्जिकल मास्क लगाए पुग्छ । कपडाको मास्कले भने भाइरस रोक्न सक्दैन । तर केही मात्रामा भए पनि यसले धुलो रोक्ने काम अवश्य गर्छ ।  

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया