एम्बुलेन्सले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयाे

 चैत ८, २०७६ शनिबार ९:४४:४५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरमा शनिबार एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मदन भण्डारी राजमार्गको गाईघाट–चुहाडे खण्ड अन्तर्गत त्रियुगा नगरपालिका-९, झिल्के चोकमा स.१ झ ४७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट स्थानीय ६२ वर्षीय तिलक दनुवारको ज्यान गएको हाे । 

एम्बुलेन्सले रोकिराखेको स.४ प १६६२ र बा.१६ प ७९२३ नम्बरको नम्बरको मोटर साइकलसहित तीन जनालाई ठक्कर दिइएको थियो । ठक्करबाट दुवै मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दनुवारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हाे भने अन्य घाइते त्यसै ठाउँका ३२ वर्षीय राजकुमार दनुवार र १४ वर्षीय रोशन दनुवारलाई विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

एम्बुलेस चालक त्रियुगा नगरपालिका ३ का ३० वर्षिय सन्तोष खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई छानविन गरिरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया