कोरोना सङ्क्रमित युवतीसँग एउटै जहाजमा आएका चितवनका ६ जनाको खोजी कार्य जारी

 चैत १२, २०७६ बुधबार १४:३३:४३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - विदेशबाट नेपाल आइ परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएकी युवतीसँग कतार एयरवेजबाट आएका चितवनका ६ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ । 

गएको चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको विमानबाट नेपाल आएकी एक १९ वर्षीया युवतीलाई सङ्क्रमण देखिएको थियो ।
 
उनीसँगै विमानमा आएकामध्ये ६ जना चितवन आइपुगेको जानकारी पाएपछि चितवन प्रहरीले खोजी सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेस्कको निर्देशनअनुसार ६ जनालाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहितको पत्र  जिल्ला प्रशासन कार्यालय चितवनलाई पठाइएको छ । 

पत्रमा उल्लेख भएअनुसार त्यस विमानबाट चितवनमा पुग्नेहरुमा पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला, सुरेश गुरुङ, दीक्षा कँडेल र शम्भु नेपाली रहेका छन् ।

प्रहरीले उनीहरुको नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाइ पठाउन प्रशासनसँग आग्रह गरेको छ । उनीहरुमा पनि संक्रमण फैलिन सक्ने आशंकामा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया