बिरामीको बहानामा एम्बुुलेन्समा यात्रु ओहोरदोहोर

 चैत १५, २०७६ शनिबार २१:४८:८ | चन्द्र थापा
unn.prixa.net

अछाम – बाजुराको बुढीगङ्गा नगरपालिकाको नेपाल रेडक्रसको एम्बुलेन्सले बिरामी भनेर यात्रुलाई ओहोरदोहोर गराएको पाइएको छ । 

धनगढीबाट बिरामी भनेर १० जना यात्रु लिएर आउँदै गरेको से १ त ५२४ नम्बरको एम्बुलेन्सलाई शनिबार चौरपाटी गाउँपालिकामा रहेको अछाम डोटी चौखुट्टे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । 

धनगढीबाट तीन जना बिरामी र अन्य बिरामी कुरुवा भनेर आएको भने पनि जाँचका क्रममा एम्बुलेन्समा बिरामी नभेटिएपछि नियन्त्रणमा लिइएको चौखुट्टे प्रहरी चौकीका इञ्चार्ज मदन सिंह धामीले जानकारी दिनुभयो । 

एम्बुलेन्समा ६ जना पुरुष, दुई जना महिला र दुर्ए जना बालबालिका रहेको पाइएको छ । यस्तै एम्बुलेन्समा बाजुराको बुढीगङ्गा नगरपालिका १० ठेगाना घर भनेर ठेगाना दिएका चौरपाटी गाउँपालिका ५ लुग्राका प्रकाश खड्का रहेको धामीको भनाइ रहेको छ । 

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले सरकारले ‘लकडाउन’ गरेको अवस्थामा बिरामीको बहानामा आएका यात्रुलाई छोड्न नहुने बताउनुभयो ।

उहाँले राज्यले आदेश दिएको लकडाउनलाई कार्यान्वयन गर्न जोड दिनुभयो । अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गैरकानुनी रुपमा काम गर्नेलाई कारबाही गरिने पनि जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया