अमेरिका बन्याे कोरोना भाइरसको केन्द्रबिन्दु, २४ घण्टामा एक हजारभन्दा धेरैको ज्यान गयो

 चैत २०, २०७६ बिहिबार ६:८:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - पछिल्लो समय अमेरिका कोरोनो भाइरस (कोभिड १९) सङ्क्रमणको केन्द्रबिन्दु बनेको छ ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म ५ हजार ९४ जनाको ज्यान गएको छ । २ लाख १४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटालीमा थप सात सय २७ जनाको ज्यान गएसँगै १३ हजार १ सय ५५ जना स्पेनमा थप ९ सय २३ जनाको ज्यान गएसँगै ९ हजार ३ सय ८७ जना, फ्रान्समा ५ सय भन्दा धेरैको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ३२ पुगेको छ ।

बेलायतमा पनि गएको २४ घण्टामा थप ५ सय ६३ जनाको ज्यान गएको छ । बेलायतमा अहिलेसम्म २ हजार ३ सय ५२ जनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वका २ सय ३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना सङ्क्रमण फैलिएको छ । जसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको छ ।

अहिलेसम्म ९ लाख ३४ हजार ६ सय ६८ जना सङ्क्रमित भएकामा १ लाख ९३ हजार ९ सय ६८ जना उपचारपछि निको भएका छन् । ६ लाख ९३ हजार ५ सय १९ जनाको उपचार भइरहेको छ । ४७ हजार १ सय ८१ जनाको भने ज्यान गएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया