अब भक्तपुरमा पनि कोरोना परीक्षण हुने

 चैत २०, २०७६ बिहिबार १७:५२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना संक्रमणको परीक्षण हुने भएको छ ।     

नगरपालिकाले कोरोना भाइरस परीक्षण गर्ने ल्याब स्थापना गरेको दुई हप्तापछि आधिकारिक रुपमा आजबाट कोरोना परीक्षण सुरु गरेको हो । 

यसअघि नगरपालिकाले कोरोना संक्रमणको आशंका लागेका बिरामीको नमुना संकलन गरी टेकु अस्पताल पठाउँदै आएको थियो । यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लाकै पहिलो अस्पताल बनेको छ । 

कोरोना भाइरसको परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्वरेन्टीनसम्म तयारी अवस्थामा राखेको छ । ल्याबमा मलेकुलर ल्याब र हिस्टो ल्याब संचालनमा ल्याइएको छ भने यो ल्याबमा विभिन्न रोगहरु सार्स, डेंगु, स्वाइनफ्लू लगायत क्यान्सर एवं शरीरका विभिन्न अंगका ट्यूमरहरुको समेत परीक्षण गर्न सकिने भएको छ। 

ल्याब टेष्टका लागि विदेश पठाउँदा महंगो र रिपोर्ट आउन धेरै समय लाग्ने भएकाले यही परीक्षण गर्दा सरल एवं छिटो हुने दावी गरिएको छ । अस्पतालले कोरोनाको उपचारका लागि चारवटा भेन्टिलेटरसहितको आईसियू र १६ वटा आइसोलेसन वार्ड निर्माण गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

आइसोलेसनमा भर्ना भएकाको रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गरिने र पोजिटिभ आए रिपोर्टलाई टेकु अस्पताल पठाइने छ। नगरका विभिन्न क्षेत्रमा किटनाशक औषधि छर्किएको नगरपालिकाले विदेशबाट फर्किएका ३२ जनाको नमुना संकलन गरि परीक्षण सुरु गरेको छ । 

नगरपालिकाले बोडेमा रहेको तालिम केन्द्रको भवनमा ५० जना क्षमताको क्वरेन्टीन निर्माणको कार्य अगाडि बढाएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया