अस्ट्रेलियामा कोरोना भाइरस प्रतिरोधी खोपको परीक्षण सुरु

 चैत २०, २०७६ बिहिबार १६:५०:५० | रासस
unn.prixa.net

काठमाण्डौ - अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सीसीरो) ले कोरोना भाइरस प्रतिरोधी खोप (भ्याक्सिन)को परीक्षण सुरु गरेको छ । 

सीसीरोले मेलबर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङमा रहेको अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशालामा पहिलो चरणको परीक्षण गरेको घोषणा गरेको हो । 

यो परीक्षण झण्डै तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सीसीरोले जनाएको छ । 

सीसीरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोना भाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउनु भएको छ ।  यस कार्यमा अस्ट्रेलियाली र अन्य देशको अनुभवलाई एकीकृत गरिएको जानकारी दिनुभयो । 

उहाँले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोना भाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताउनुभयो। विश्वमा अहिले ९ लाख ३८ हजार ३ सय ७०मा कोरोना भाइरसको संक्रमण पाइएको छ भने झण्डै दुई लाख उपचार पछि निको भएका छन ।

 यस्तै कोरोनाका कारण ४७ हजार २ सय ८६ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया