कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

 चैत २०, २०७६ बिहिबार १५:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोभिड-१९ संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ । 

मंगलबार घाँटीको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । 

उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो । गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

नेपालमा अहिलेसम्म ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जना उपचारपछि घर फर्किसकेका छन् भने एक जनाको बाग्लुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया