जापानले लगायो ७० भन्दा बढी देशमाथि यात्रा प्रतिबन्ध

 चैत २१, २०७६ शुक्रबार १५:१९:५४ | रासस
unn.prixa.net

कोरोना भाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्त राज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ । ;समाचार संस्था सीएनएनका अनुसार यात्रा प्रतिबन्ध कहिले समाप्त हुन्छ भन्ने बारेमा जापान सरकारले केही बताएको छैन ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि गृष्मकालीन ओलम्पिक खेल एक वर्षका लागि स्थगित भएसँगै जापानले यस्तो निर्णय गरेको हो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर नै ओलम्पिक खेल स्थगित गरेको बताइसक्नु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार जापानमा हालसम्म २ हजार ६१७ जनामा कोरोना संक्रमण देखिएको छ भने ६३ जनाको मृत्यु भएको छ । जापानमा पनि बुढ्यौली उमेरको जनसंख्या ठूलो रहेको र उनीहरु कोरोना संक्रमणबाट सबैभन्दा बढी खतराको सूचीमा रहेकाले पनि जापानमा विशेष सतर्कता अपनाइएको सरकारको भनाइ छ ।

यूरोप र अमेरिकाको तुलनामा जापानमा सङ्क्रमण दर र मृत्यु दर दुवै निकै न्यून देखिएको छ । दक्षिण कोरियामा भने कोरोना भाइरसको महामारी रोक्न सरकारले विशेष व्यवस्था गरेको छ र कोरोना परीक्षणलाई व्यापक बनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया