सुरक्षाका उपकरण नपाएको स्वास्थ्यकर्मीको गुनासो

 चैत २२, २०७६ शनिबार ९:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको संभावित महामारी रोक्न खटिएका स्वास्थ्यकर्मीहरुले सामान्य सुरक्षाका उपकरण समेत नहुँदा डराइ डराइ काम गर्नुपरेको बताएका छन् ।

ज्वरो नाप्ने मेसिन, पीपीई लगायतको व्यवस्था नहुँदा ज्वरो आएका बिरामीको स्वास्थ्य जाँचमा समेत समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्ला अस्पताल जाजरकोटका अस्पताल विकास समिति अध्यक्ष धर्मशिला खत्रीले सङ्क्रमण देखिएको अवस्थामा काम गर्ने कुनै उपकरण नभएको बताउनुभयो ।

प्रदेश सरकारले पीपीई पठाए पनि पीपीईमा हुनुपर्ने सामग्री नभएको, ज्वरो नाप्ने मेसिन नहुँदा सामान्य थर्मोमिटरले नाप्नु परेको तथा औषधिसमेत अभाव रहेकोले स्वास्थ्यकर्मीहरुलाई कार्यक्षेत्रमा जानै चुनौती रहेको बताउनुभयो ।

यस्तै जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर पवित्रा श्रेष्ठले पनि प्रदेश सरकारले अपुरो पीपीई पठाएको गुनासो गर्नुभयो । उहाँले सुरक्षाका उपकरण नहुँदा स्वास्थ्यकर्मीहरुले जोखिम मोल्नुपरेको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले पनि स्वास्थ्यकर्मीहरुको लागि सुरक्षाका उपकरण नभएकोले काम गर्न असहज भएको बताउनुभयो । जुम्लाका स्वास्थ्यकर्मीहरुले पनि सुरक्षाका उपकरण नहुँदा अहिले आफुहरुले आगोमा हात हालिरहेको अनुभूति भएको बताएका छन् ।

चाँडै सर्ने कोरोना भाइरसबाट सबभैन्दा धेरै स्वास्थ्यकर्मीहरु जोखिममा हुन्छन् । बिरामीको सबैभन्दा नजिक उनीहरु रहने भएकोले स्वास्थ्यकर्मीलाई खटाउनुअघि उनीहरुको सुरक्षाको उचित व्यवस्था गर्नुपर्ने भएपनि अहिले धेरै स्वास्थ्यकर्मी सुरक्षामा उपकरण विनै काममा खटिन बाध्य भएको बताउँछन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया