डोटीमा सुरक्षाकर्मीसहित ३ सय ३० जनाको नमुना सङ्कलन

 चैत २७, २०७६ बिहिबार १२:१३:३१ | विमल बिष्ट
unn.prixa.net

डोटी–डोटीका नौवटा स्थानीय सरकारले निर्माण गरेका १२ वटा क्वरेण्टीनमा रहेका ३ सय ३० जनाको नमुना सङ्कलन गरिएकोे छ । 

भारतका विभिन्न सहरबाट काम गरी घर फर्किएकाहरुको स्वाब सङ्कलन गरिएको कोरोना भाइरस (कोभिड–१९) का सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्वरेण्टीनमा रहेका नागरिकको हामीले स्वाब सङ्कलन गरेका छौँ । अब परिक्षण हुनेछ ।’ 

क्वरेण्टीनमा राखिएकाहरुको नमुना सङ्कलन गर्न प्राविधिकहरुको टोली बुधवार बिहान डोटी पुगेको थियो । नमुना सङ्कलन टोली बिहीबार बिहान कैलाली जिल्लामा स्वाब सङ्कलन गर्न प्रस्थान गरेको छ । 

भारतबाट काम गरेर नेपाली नागरिक घर फर्किएलगत्तै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका बिरामी देखिएपछि स्वाब सङ्कलन गर्न विशेषज्ञ डाक्टरसहितको टोली मङ्गलबार अछाम र बुधबार डोटी आइपुगेको हो । 

टोलीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट सबैभन्दा धेरै जनाको स्वाब सङ्कलन गरेको छ । सबैभन्दा बढी भारतबाट काम गरी आएका व्यक्ति क्वरेण्टीनमा रहेका कारण गाउँपालिकामा बढी मात्रामा स्वाब सङ्कलन भएको सम्पर्क व्यक्ति विष्टको भनाइ छ । 

गाउँपालिकामा दुई जना सुरक्षाकर्मीसहित ७६ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गर्ने टोलीमा सेना, सशस्त्र प्रहरी, निजामति कर्मचारी र चिकित्सकहरु रहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । 

टोलीले सङ्कलन गरेको स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको प्रजिअ पौडेलको भनाइ छ । जिल्लाका ६ ठाउँमा स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट तीनदेखि चार दिनभित्र आउने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया