डोटीका २ सय १३ जनाको 'र्यापिड टेस्ट'को नतिजा 'नेगेटिभ'

 चैत २९, २०७६ शनिबार १६:२:३७ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्लाका विभिन्न क्वरेण्टीनमा रहेका २ सय १३ जनामा कोरोना भाइरसको आशङ्कामा गरिएको  र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) को नतिजा ‘नेगेटिभ’ आएको छ । 

विभिन्न क्वरेण्टीनमा रहेका १ सय ९१ जना पुरुष र २२ जना महिला गरी २ सय १३ जनामा रगतबाट गरिने आरडिटी जाँच गर्दा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाका आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका क्वरेण्टीनमा आरडिटी गरिएको हो । 
त्यस्तै शनिबारदेखि होम क्वरेण्टीनमा बसेकाहरुको समेत आरडिटी परीक्षण सुरु गरिएको  स्वास्थ्य प्रमुख मलासीले बताउनुभयो । 

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको  र्यापिड टेस्टमा २ सय ३८ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । प्रादेशिक प्रयोगशाला धनगढीका प्रतिनिधिसहितको टोलीले र्यापिड टेस्ट किटमार्फत जाँच गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया