मोरङको रतुवामाई बाहेक सबै पालिकामा राहत वितरण सम्पन्न

 बैशाख २, २०७७ मंगलबार १३:३२:३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङ जिल्लाका १६ वटा पालिकाले पहिलो चरणको राहत वितरण सम्पन्न गरेका छन् । १७ वटा पालिका रहेको मोरङमा १६ वटा पालिकामा राहत वितरण सम्पन्न भएको हो ।

पहिलो चरणमा राहत वितरण गर्ने पालिकामा सबैभन्दा धेरै विराटनगर महानगरपालिकाले २६ हजार दुई सय ६८ घरपरिवारको लागि राहत वितरण गरेको जनाएको छ भने रतुवामाई नगरपालिकाले अहिलेसम्म राहत वितरण गर्न सकेको छैन ।

रतुवामाई नगरपालिकाकी उपमेयर दयन्ता चुडालका अनुसार गएको आइतबार साँझसम्म पनि तथ्याङ्क सङ्कलनको काम भइरहेकोले बढी नामावली आउँदा त्यसलाई कटाउन समय लागेको हो । ‘वडाहरुबाट सङ्कलन भएर आएका नामहरुमा बढी आएपछि समस्या भएको थियो’, उपमेयर चुडालले भन्नुभयो, ‘अब बुधबारदेखि वितरणको काम सुरु हुन्छ ।’

राहत वितरणको लागि हतार नै गरिहाल्नु पर्ने अवस्था नरहेको चुडालको भनाइ छ । रङ्गेली नगरपालिकाले सात हजार सात सय ५२, सुनवर्षी नगरपालिकाले दुई हजार चार सय ९२ घरपरिवारको लागि राहत बाँडेको छ । त्यस्तै धनपालथान गाउँपालिकाले ६ हजार चार सय २१, बेलबारी नगरपालिकाले चार हजार घरपरिवारमा राहत वितरण गरेको छ । सुन्दरहरैचा नगरपालिकाले चार हजार आठ सय, केरवारी गाउँपालिकाले एक हजार पाँच सय ११ र ग्रामथान गाउँपालिकाले दुई हजार पाँच सय ४४ घरपरिवारलाई राहत वितरण गरेको छ ।

जहदा गाउँपालिकाको पाँच हजार आठ सय १६, कटहरी गाउँपालिकाको चार हजार, बूढीगङ्गा गाउँपालिकाको ६ हजार तीन सय ८३ घरपरिवारले राहत पाए । त्यस्तै लेटाङ नगरपालिकाको दुई हजार पाँच सय, पथरी शनिश्चरे नगरपालिकाको तीन हजार दुई सय २०, कानेपोखरी गाउँपालिकाको दुई हजार दुई सय ४० घरपरिवारले राहत पाएको पालिकाहरुले जनाएका छन् ।

दुई हजार पाँच सय ८८ घरपरिवार पहिचान गरेको उर्लाबारी नगरपालिकाले एक हजार ६ सय ३३ घरपरिवारलाई राहत वितरण गरिसकेको प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेले बताउनुभयो । मोरङ जिल्लाको विकट भनेर चिनिने मिक्लाजुङ गाउँपालिकाले भने राहत वितरणको काम एक हप्ता अगाडि नै सकिसकेको । एक हजार पाँच सय ४२ घरपरिवारको लागि राहत वितरण भएको पालिकाकी उपाध्यक्ष सरला राईले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया