ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो

 बैशाख ४, २०७७ बिहिबार ८:२१:५ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिका २ काे बगर भन्ने ठाउँमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा त्यही वडाका ट्र्याक्टर चालक कैलाश बोगटीको ज्यान गएको हो ।

खुल्लेकबाट खाद्य सामग्री पुर्‍याएर दिपायल आउँदै गरेको से २ त ३५४३ नम्बरको ट्र्याक्टर गए राति दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कर्णबहादुर बोहराले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया