पश्चिम बङ्गाल सरकारद्वारा मेची नाका सिल, अत्यावश्यक सामानको आयात–निर्यात रोकियो

 बैशाख ४, २०७७ बिहिबार ११:३०:५ | सुमन तिमल्सिना
unn.prixa.net

फाइल फोटो

मोरङ – झापाको मेची नाकाको काँकडभिट्टा भएर आउने अत्यावश्यक सामानको पनि आयात निर्यात रोकिएको छ । भारतको पश्चिम बङ्गाल सरकारले चार दिनदेखि सीमामा सिल गरेपछि सबै सामानको आयात निर्यात रोकिएको जिल्ला प्रशाससन कार्यालय झापाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि भन्दै पश्चिम बङ्गाल सरकारले नाका सिल गरेको जानकारी प्राप्त भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो ।

नाका पूरै सिल गर्दा अत्यावश्यक वस्तुको आयात समेत रोकिएको हो । यसबारेमा माथिल्लो निकायलाई जानकारी गराइसकेको र अत्यावश्यक सामान आयात नरोक्न पहल भइरहेको भन्ने जानकारी प्राप्त भएको उहाँको भनाइ छ । चार दिन अघिसम्म काँकडभिट्टा नाकाबाट ग्यास, तरकारी खाद्यान्नलगायतका अत्यावश्यक वस्तु नेपाल आयात भइरहेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया