सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका चार जनामाथि अनुसन्धान सुरु

 बैशाख ४, २०७७ बिहिबार १२:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली– कैलालीमा सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

धनगढीकी १७ वर्षीया किशोरीलाई कैलालीको गौरीगङ्गा नगरपालिका १ को खुरखुरीयामा सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका चार जनालाई अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

गएको वैशाख २ गते आफन्तको घरबाट फर्किँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा गौरीगङ्गा नगरपालिका ४ का नरेश नेपाली, अर्जुन सावद, निर्मल चौधरी र नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै कैलालीकै भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका जोशीपुर गाउँपालिका ४ लालपुर बाणीका रामकुमार चौधरी, मङ्गल चौधरी र सुरेशकुमार चौधरीलाई १० दिन थुनामा राख्ने अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको पनि डीएसपी बस्नेतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया