उदयपुरको मस्जिदमा कोरोना सङ्क्रमित भेटिएपछि मोरङ/सुनसरीमा कडाइ

 बैशाख ६, २०७७ शनिबार ११:४१:४० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - उदयपुरको मस्जिदमा रहेको  १२ जनामा कोरोनाको पुष्टि भएपछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा  निगरानी बढाइएको छ ।

मोरङमा ६७ मदरसा र ८९ वटा मस्जिद रहेकोमा ति सबै ठाउँमा निगरानी बढाउनको लागि  सबै पालिकाहरुलाई अनुरोध गरिएको र  त्यहाँ मौलानाहरुसँग समेत कुरा भइको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।  

ती मस्जिद र मदरसामा मुस्लिम समुदायको सहभागीतामा अनुगमन गर्ने बव्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।

मोरङबाट अब कोही व्यक्ति लुकेर पनि नेपाल प्रवेश गर्नसक्ने अवस्था नरहने गरी सीमा नाकामा अत्यन्त कडा  पारिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।

यस्तै सुनसरीमा पनि मस्जिदहरुमा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।  सुनसरीका ८१ वटा मस्जिदहरुमा कडाइ गरी निगरानी बढाइएको हो ।

इटहरीमा मात्र १४ वटा  मस्जिद रहेकोले ति मस्जिदहरुमा कडाइगरिएको र  त्यहाँ रहेका केही बाहिरी बव्यक्तिहरुलाई क्वरेन्टीनमा पठाइएको  इहरी उपमहानगरपालिकाकी उप मेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Anuj

    April 18, 2020, 11:50 a.m.

    हाम्रो देशमा पनि अहिले समस्या बढ्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया