तरकारी बजारले खतरा निम्त्याउँदै, विराटनगरमा भिड घटेन

 बैशाख १२, २०७७ शुक्रबार १७:५०:४५ | सुमन तिमल्सिना
unn.prixa.net

विराटनगर  -  सरकारको संयन्त्रले काम गर्न नसक्दा विराटनगरमा लकडाउन प्रभावकारी बन्न सकेको छैन । 

विराटनगर महानगरपालिकाले सुरुका दिनमा कडाइ थाल्ने जनाएको भएपनि लकडाउन सुरु भएको एक महिना २ दिन पुग्दा समेत त्यसको पूर्ण पालना हुन सकेको छैन ।  

आन्तरिक रुपमा वडा तहबाट हुनुपर्ने काम समेत नभएको स्थानीयले बताएका छन् । कोरोनाबारे सचेत नागरिक भने कुनै भिडभाड नभए हुन्थ्यो भन्ने सोच्छन् । 
तर तरकारी खरिद बिक्रीको लागि हाटबजारजस्तै भिड लाग्ने गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ६ को शान्ति चोकमा शुुक्रबार बिहानै हाट बजारजस्तो भिड लागेको थियो । 

अन्य दिनझैँ बिहानै तरकारी किन्ने र बेच्नेको उस्तै भिडले गर्दा  कोरोना सङ्क्रमणको त्रास बढेको स्थानीयहरु बताउँछन्  । शान्ति चोकमा मात्र होइन, अन्य क्षेत्रमा पनि यस्तै भिड रहेको  विराटनगरका रामकृष्ण सिंहले बताउनुभयो ।

‘यस्ता प्रवृतिका व्यक्तिलाई प्रहरीले भाटा हान्नुपर्ने रहेछ,’ विराटनगरका गुणराज रिजालले भन्नुभयो, ‘प्रहरीले हरेक दिन माइकिङ्ग गरेर बाहिर ननिस्कन भनेको छ । यस्ता चरित्र भएका व्यक्तिले आफूसहित अरुलाई पनि खतरामा पारेका छन् ।’

केही दिनअगाडि विराटनगरको बसपार्क नजिक रहेको गुद्री बजारमा पनि सयौँको संख्यामा सर्वसाधारणको भिड लागेपछि प्रशासनले बन्द गराएको थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया