जापानकाे समुद्री जहाजमा काेराेनाका ६० नयाँ बिरामी भेटिए

 बैशाख १३, २०७७ शनिबार १७:२०:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जापानको एक बन्दरगाहमा रोकिएको ‘कोस्टा एटलान्टिका’ समुद्री जहाजमा शनिबार कोरोना भाइरस (कोभिड १९) का ६० नयाँ सङ्क्रमित भेटिएका छन् । यो समुद्री जहाजमा सङ्क्रमितको सङ्ख्या एक सय ५० पुगेको छ । 

यस जहाजमा ६ सय २३ कर्मचारी रहेको बताइएको छ । यद्यपि यो जहाजमा कोही पनि यात्री छैनन् । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि जहाजलाई चीनको साटो जापानको नागासाकी डइभर्ट गरिएको थियो । 

त्यसपछि जहाजका कर्मचारी यहीँ फसेका हुन् तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही कर्मचारीले जहाज छाडेका छन् । जापानमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र बन्दै गएको छ ।

जापानभर अहिलेसम्म १२ हजार आठ सय जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया