अनलाइन शिक्षण कसरी गर्ने ? डीजी स्कुल नेपालको निःशुल्क प्रशिक्षण

 बैशाख १३, २०७७ शनिबार २०:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शैक्षिक संस्था बन्द भएको बेलामा अहिले धेरै जनाले अनलाइन शिक्षणको माग गरिरहेका छन् । 

केही संस्थाले अनलाइन शिक्षण सुरु गरे पनि धेरै भने अझै अलमलमा छन् । यस्तै अलमललाई कम गर्न डीजी स्कुल नेपालले निजी तथा सरकारी स्कुलका शिक्षकहरुलाई निःशुल्क प्रशिक्षण दिन सुरु गरेको छ । 

प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि र विद्यार्थीलाई गृहकार्य दिने, नोटहरू दिँदै कक्षा रेकर्डिङ, अनलाइन प्रस्तुतिहरू, तस्बिर र भिडियो साझेदारीसम्बन्धी सिकाइने डीजी स्कुलले जनाएको छ ।  

शिक्षा विद्यार्थीको एक अनिवार्य तत्व भएको र यस महामारीमा शारीरिक दुरी कायम गर्दै प्राध्यापन गराउन सघाउनका लागि निःशुल्क अनलाइन प्रशिक्षण सुरु गरिएको डीजी स्कुल नेपालका प्रबर्द्धक सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताउनुभयो । 

प्रशिक्षणमा सहभागी हुन चाहने विद्यालय तथा शिक्षकहरुले सम्पर्क नम्बर ९८०१२२४२६९ वा [email protected] मा सम्पर्क गरी सहभागिता जनाउन सक्ने श्रेष्ठले जानकारी दिनुभयो । 

अनलाइन प्रशिक्षणको समय शिक्षकको समय अनुकूल गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kamal Thapa

    June 7, 2020, 5:59 p.m.

    I haven’t checked yet but I have heard good things about it.

  •  0 Reply

तपाईको प्रतिक्रिया