कोरोनाको कारण विश्वभर दुई लाखभन्दा धेरैको ज्यान गयो, कुन देश बढी प्रभावित ?

 बैशाख १४, २०७७ आइतबार ७:३:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा एकैदिन तीन सय ६९ जनाको ज्यान गएपछि विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई लाख पुगेको छ ।

फ्रान्समा अहिलेसम्म कोरोनाको कारण २२ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै अमेरिका, इटली, स्पेन र फ्रान्सपछि बेलायत यस्तो पाँच देश बनेको छ, जहाँ २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २९ लाख २० हजार भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

जसमध्ये आठ लाख ३६ हजार ६ सय ८३ जना निको भएका छन् । १८ लाख ८० हजार ९ सय ५३ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार आठ सय ६४ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

सङ्क्रमणबाट अहिलेसम्म दुई लाख तीन हजार दुई सय ६९ जनाको ज्यान गएको छ ।

अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै ९ लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५४ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै इटलीमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

यसैगरी भारतमा २६ हजारभन्दा धेरैमा सङक्रमण पुष्टि भएकोमा आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nanda oli

    May 2, 2020, 5:25 a.m.

    कोरोना अर्थात कोभिद १९

  •  0 Reply

तपाईको प्रतिक्रिया