काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा हातले नछोइकन हात धुन मिल्ने प्रविधि जडान

 बैशाख १४, २०७७ आइतबार ८:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा कन्ट्याक्टलेस अर्थात् हातले नछोइकन साबुन पानीले हात धुन मिल्ने प्रविधि जडान गरिएको छ ।

कीर्तिपुर प्रवेशद्वार, कीर्तिपुर नगरपालिकाको कार्यालय भवन अगाडि र फोहरमैला प्रशोधन केन्द्र, नयाँबजार अगाडि कन्ट्याक्टलेस स्थापना गरिएको छ ।

यस्तै कीर्तिपुर पाँगा दोबाटो, नगाउँ दोबाटो र ढोकाशी टोलमा खाना वितरण गर्ने ठाउँमा पनि स्पर्शरहित हात धुने स्टेशन स्थापना गर्ने तयारी छ ।

यसअघि ललितपुरको जावलाखेलमा रहेको महानगरीय प्रहरी परिसरभित्र हातले र ललितपुरको लगनखेल बसपार्कमा हातले सम्पर्क नगरी हात धुन मिल्ने प्रविधि जडान गरिएको थियो ।

कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई सर्ने जोखिम भएकाले हातले नछोइकन हात धुन मिल्ने प्रविधि ल्याइएको हो ।

सरकारले वाटर एड नेपाल र अरु साझेदार संस्थासँग मिलेर काठमाण्डौ उपत्यकाको विभिन्न ५० ठाउँ र सिरहाको लहानमा २५ वटा गरी ७५ वटा ठाउँमा यस्तै प्रविधिको हात धुने ठाउँ स्थापना गर्ने भएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया