डोटीमा राजमार्ग भित्रका घर टहरा हटाउन सडक कार्यालयको आग्रह : नमान्नेलाई कारबाही

 बैशाख १४, २०७७ आइतबार १५:४:१७ | विमल बिष्ट
unn.prixa.net

डोटी - संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुल्पाते डोटीले यहाँका पहाडी राजमार्गका छेउमा अनाधिकृत रुपमा निर्माण गरिएका घर टहरा भत्काउने तयारी गरेको छ । 

राजमार्ग कब्जा गरी घर टहरा निर्माण गरेका कारण सडक साघुँरो भएको भन्दै ती घर टहरा भत्काउने तयारी सुरु भएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुल्पाते डोटीले जनाएको छ ।

कार्यालयले १५ दिने सार्वजनिक सूचना निकालेर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने महाकाली राजमार्ग र सेती राजमार्ग अन्तरगतका सीमाभित्र पर्ने घर टहरा लकडाउनको समयावधि भित्रै हटाउन आग्रह गरेको छ । 

सूचनामा महाकाली राजमार्ग अन्र्तगत डडेल्धुराको स्याउलेदेखि बागबजारसम्मको ३ किलोमिटर सडकको दाँया–बायाँ २५÷२५ मिटर खालीगर्ने उल्लेख गरिएको छ ।
तोकिएको समय भित्र ती क्षेत्रका संरचनाहरु नहटाए सार्वजनिक सडक ऐन २०३१ बमोजिम सडक संरक्षणका लागि खाली गरिने कार्यालयले जनाएको छ । 
सडकमा भएका घर टहरा हटाउनका लागि जिल्ला समन्वय समिति, नगरपालिका स्थानीय सरहकारको सहयोगले यो कार्यलाई अगाडि बढाउने सडक डिभिजन कार्यालय कुलपालेले जनाएको छ । 

मापदण्ड अनुसार नभएका घर छिट्टै हटाउने प्रक्रिया अगाडी बढाउने योजना अनुसार डडेल्धुर जिल्लाको फल्टुडे, अनारखोली, स्याउले महाकालि राजमार्गमा २५ मिटर र सेती राजमार्गमा पर्ने विभिन्न गैरा, बुडर लगायतका ठाउँहरुमा १५ मिटर सडक चौडा गरिने भएकाले त्यहाँ भएका संरचना भत्काउन थालिएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुल्पाते डोटीका प्रमुख सुदर्शन कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पहाडी राजमार्गका सडक चौडा पार्ने योजना अनुसार हामी लागि परेका छौँ, राजमार्गमा अनाधिकृत संरचना निर्माण भएकाले हटाउने तयारीमा छौँ,अनाधिकृत संरचना छिटै खाली गछौँ ।’

त्यसैगरी कार्यालयमा दश जना सब ओभरसियर हुनुपर्नेमा चार जना र चार जना ईन्जिनियरको दरबन्दीमा दुई जना मात्रै भएकाले काम गर्न केही समस्या भएको प्रमुख कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया