रौतहटमा कोरोना सङ्क्रमण देखिएको क्षेत्रमा ‘सिल’

 बैशाख १६, २०७७ मंगलबार १७:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - रौतहटमा कोरोना सङ्क्रमण देखिएको क्षेत्रमा सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सङ्क्रमण देखिएको ठाउँमा सिल गरेको जानकारी दिनएको छ । कोरोना भाइरसको सङ्क्रमण अरुमा पनि फैलने सक्ने भन्दै सिल गरेर निगरानी बढाएको जिल्ला प्रशासनले जनाएको छ ।

रौतहटको वृन्दावन नगरपालिकाको वार्ड नम्बर ९ को भुसहा र देवाही गोनाही नगरपालिकाको वडा नम्बर १ मा गरी दुई जनामा आज कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । उनीहरुलाई वीरगंजको  नारायणी अस्पतालमा उपचारका लागि लगिंदैछ ।

वृन्दावन ९ भुसहाका २४ वर्षीय युवक भारतबाट आएर चन्द्रपुरको क्वरेण्टीनमा १५ दिन बसेर गएको वैशाख ६ गते नै डिस्चार्ज हुनुभएको थियो । गएको चैत २६ मा उहाँको स्वाब लिइएको र जनकपुरले नेगेटिभ देखाएपछि घर फर्काइएको थियो ।

यस्तै, देवाही गोनाहीमा रहेको धरहरीको क्वारेन्टाइनमा बसेका ३५ वर्पीय युवक भने क्वरेण्टीनमा नै रहेका देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्रप्रसाद कुशवाहाले जानकारी गराएका दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ भने १६ जना उपचार पछि निको भएका छन् ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया