कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ५१ पुग्यो

 बैशाख १६, २०७७ मंगलबार २३:३०:३३ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – कुवेतमा थप २२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ ।

थप २२ जना गरी मंगलबारसम्ममा कुवेतमा जम्मा ५१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । 

‘कुवेतमा सङ्क्रमण बढिरहेको छ, तर यहाँको सरकारले उपचार पनि आफ्नो नागरिक सरह नै गरिरहेको छ, स्वास्थ्य अवस्था स्थिर नै छ भन्ने जानकारी पाएका छौं,’ राजदूत भण्डारीले भन्नुभयो । कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन् ।

मंगलबारसम्ममा कुवेतमा ३४ सय ४० जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ११ सय ७६ जना उपचारपछि निको भएका छन् भने २२ सय ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा २०६ जना नेपाली नागरिकमा काेराेना सङ्क्रमण देखिएकाे छ ।  जसमध्ये १९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निकाे भएर काममा फिरेका छन् भने यूएईमा काेराेनाका कारण दुई जनाकाे ज्यान गएकाे छ ।

अहिलेसम्म बहराइनमा १२१, यूएईमा १२, साउदीमा ४, कुवेतमा ५१, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा २०६ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे हाे । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् । 

 

 

 

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया