कुवेतमा आममाफी : तीन दिनमा झण्डै दुई हजार सहभागी, नेपालले अनुमति दिए फर्कन पाउने

 बैशाख १७, २०७७ बुधबार १२:१५:२९ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – कुवेतले दिएको आममाफीमा झण्डै दुई हजार श्रमिक सहभागी भएका छन् । तीन दिनमा झण्डै दुई हजार जनाको यात्रा अनुमति बनाइएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।

कुवेतले कोरोनाको जोखिमकै बेलामा पनि आवासीय भिसा उल्ङ्घन गरेर बसेकालाई आममाफीका लागि २६ अप्रिलदेखि ३० सम्म समय दिएको थियो । आममाफी प्रक्रियामा सहभागी हुन बिहीबारसम्मको समय बाँकी छ ।

आममाफीमा सहभागी हुँदाको फाइदा

फेब्रुअरी २९ सम्ममा भिसा समाप्त भएका नेपाली श्रमिकहरु इसमा सहभागी हुन सक्नेछन् । राजदूत भण्डारीका अनुसार आममाफीमार्फत कुवेतले मुख्य तीनवटा अकर्षण दिएको छ । पहिलो, भिसाको अवधि सकिएका तर नवीकरण नगरेका श्रमिक सहभागी हुन पाउँछन् । उनीहरुले भिसा उल्ङ्घन गरेबापत लाग्ने शुल्क तिर्न पर्दैन । 

दोस्रो, नेपालबाट एउटा रोजगारदाताकोमा श्रम स्वीकृति लिएर गएको, तर पछि रोजगारदाता परिवर्तन गर्दा अघिल्लो रोजगारदाताले उनीहरु विरुद्ध मुद्दा गरेका हुन सक्छन् । राजदूत भण्डारीका अनुसार पहिलो रोजगारदाताले मुद्दा गरेका श्रमिक यो आममाफीमा सहभागी हुन पाउँछन् । उनीहरुले रोजगारदाताले गरेको उजुरीको आधारमा कुनै पनि सजायँ वा जरिवाना भोग्न पर्दैन । माफी हुन्छ । 

त्यसैगरी, यो आममाफीमा सहभागी भएर स्वदेश फर्कनलेलाई कुवेत सरकार आफैंले हवाइ टिकटको समेत व्यवस्था गर्छ ।

श्रमिकले आफ्नो खर्च गर्नु पर्दैन । ‘यो आममाफी अन्तर्गत दर्ता भएपछि कुवेत सरकारकै शिविरमा बस्ने हो, कुवेतले आममाफीमा सहभागी हुनेलाई राख्नका लागि शिविरको व्यवस्था गरिसकेको छ,’ राजदूत भण्डारीले भन्नुभयो, ‘नेपाल सरकारले यहाँ आममाफी पाएर फर्कनेलाई कहिले लैजान्छ, त्यहीबेलासम्म शिविरमै बस्नपर्छ, त्यसको व्यवस्था भइसकेको छ ।’

नेपाल सरकारले आममाफीमा सहभागी भएका श्रमिकलाई स्वदेश फर्कने अनुमति दिएमा कुवेत सरकारले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिनेछ । 

राजदूत भण्डारी भन्नुहुन्छ, ‘अझै दुई दिनको समय छ, कति सहभागी हुनुहुन्छ भनेर अहिले भन्न सकिन्न, नेपालले उहाँहरुलाई लान कहिले अनकुल ठान्छ त्यहीबेला मात्रै आममाफीमा सहभागी हुन पाउनुहुन्छ ।’

फर्कनले चाहनेको चाहना र कुवेतको मात्र निर्णयले हुँदैन । नेपाल सरकारले अनुमति दिएमा यही लकडाउनकै अवधिमा पनि सहभागी नेपाली श्रमिकलाई कुवेतले नेपाल पठाउने राजदूत भण्डारीले बताउनुभयो । 

कुनै पनि देशमा गैरकानुनी रुपमा काम बसेपछि यदि प्रहरीले पक्राउ ग¥यो भने देश निकाला गरिदिन्छ । र फेरि त्यो देशमा फर्कन पाईंदैन । तर यो आममाफीमा सहभागी भएर स्वदेश फर्कनलेलाई कुवेत सरकारले कुनै पनि दण्डबिना नै नेपाल फर्कने अनुमति दिएकाले फेरि पनि रोजगारीका लागि कुवेत जान पाउनेछन् ।

 आममाफीमा सहभागीलाई कहिले नेपाल फर्कने बाटो खुल्छ भनेर चाहिँ यकिन भइसकेको राजदूत भण्डारी बताउनुहुन्छ । 

आममाफीमा सहभागी हुन सम्र्पक गर्ने ठाउँ

आममाफीको लागि बिहीबार बिहान ९ बजेभित्र तोकिएको ठाउँमा सम्पर्क गर्न सकिनेछ । जिलिब हसविया क्षेत्रमा बस्ने र जिलिब हसविया क्षेत्रबाहिर बस्नेहरुको लागि छुट्टा–छुट्टै सम्पर्क स्थान तोकिएको छ ।

  • जिलिब हसविया क्षेत्रमा 

यस क्षेत्रका पुरुष श्रमिकले आममाफीका लागि जिलिब अल–सुएख, नयिम बिन मसुद स्कूल बोइज, ब्लक ४, स्ट्रिट २५०९ मा सम्र्पक गर्न सक्छन् । 

महिलाले जिलिब अल–सुएख, रूफाइदा अल–अस्लामिया प्राइमरी गल्र्स, ब्लक ४, स्ट्रिट २००९ मा सम्पर्क गर्नुपर्छ । आममाफीमा सहभागी हुन जाँदा सामान–लगेज २० केजी र ह्याण्डक्यारी ७ केजी नबढ्ने गरी लान पाइन्छ ।

  • बाँकीका लागि

पुरुष श्रमिकले फर्वानीया गभर्नरेट–अल–मुथान्ना प्राइमरी स्कूल–बोइज, बल्क १, स्ट्रिट १२२ मा र महिलाले फर्वानीया गभर्नरेट–फर्मानीया प्राइमरी स्कूल–गल्र्स, बल्क १, स्ट्रिट ७६ मा सम्पर्क गर्नुपर्नेछ । 

पासपोर्ट साथमा भएकाहरु सिधै र पासपोर्ट नभएकाहरुलाई दूतावासबाट यात्रा अनुमति पत्र लिन पर्नेछ । त्यसका लागि दूतावास जानु पर्नेछ । तर दूतावासमा जाँदा भने कुनै लगेज वा सामान लिएर नआउन दूतावासले आग्रह गरेको छ ।

दूूतावासबाट एकै दिनमा धेरै जनालाई ट्राभल डकुमेन्ट सम्बन्धी सेवा दिन अप्ठ्यारो हुने देखिएकाले अलग–अलग मिति तोकेर सेवा दिएको छ ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया