आर्थिक वृद्धिदर साढे दुई प्रतिशत पनि नपुग्ने,  प्रतिव्यक्ति आय १ लाख २६ हजार रुपैयाँ

 बैशाख १७, २०७७ बुधबार १६:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चालु आर्थिक वर्ष अर्थात २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा सीमित हुने भएको छ । 

केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनले यो वर्ष कोरोना भाइरसको कारण धेरैजसो क्षेत्रको वृद्धिदर खुम्चिएकाले जम्मा २ दशमलव २७ प्रतिशतको वृद्धिदर मात्रै हुने अनुमान गरेको छ ।  गएको आर्थिक वर्षमा ६ दशमलव ७५ प्रतिशत आर्थिक वृद्धिदर रहेको अनुमान विभागको छ । 

तथ्यांक विभागकाअनुसार कुल गार्हस्थ उत्पादनमा समग्र औद्योगिक क्षेत्र अर्थात प्राथमिक क्षेत्रको योगदान थोरै मात्र बढ्ने देखिएको छ । कृषि मत्स्य, वनउत्खननलगायत समावेश हुने प्राथमिक क्षेत्रको योगदान २८ दशमलव २ प्रतिशत मात्रै रहने अनुमान छ । 

यो वर्ष धान उत्पादनमा आएको कमी र कोरोना भाइरसको कारण प्राथमिक क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्षमाभन्दा कमी देखिएको विभागले जनाएको छ । 

द्वितीय क्षेत्रमा पर्ने  निर्माण, उद्योग, ग्यास, पानीलगायतको योगदान अघिल्लो वर्षभन्दा कम हुनेछ । यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी)मा द्वितीय क्षेत्रको   योगदान १३ दशमलव ७२ प्रतिशत रहने अनुमान छ ।  अघिल्लो वर्ष यो क्षेत्रको योगदान १४ प्रतिशतभन्दा धेरै थियो । 

यस्तै सेवा क्षेत्रको योगदान ५७ दशमलव ८ प्रतिशत रहने अनुमान छ ।  यो वर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान जम्मा १ दशमलव ४१ प्रतिशतमा झर्ने देखिएको छ । जबकि अघिल्लो वर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान १७ प्रतिशतभन्दा धेरै थियो । 

प्रतिव्यक्ति आय बढ्यो

नेपालको प्रतिव्यक्ति आय यो आर्थिक वर्षमा १ लाख २६ हजार १८ रुपैयाँ पुग्ने अनुमान छ । तथ्यांक विभागका अनुसार यो वर्ष नेपालीको आय बढेर १ हजार ८५ अमेरिकी डलर अर्थात १ लाख २६ हजार ८० रुपैयाँ पुग्ने अनुमान छ । 

अघिल्लो आर्थिक वर्षमा नेपालीको आय १ लाख १७ हजार ३ सय ३३ रुपैयाँ थियो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया