जङ्गली च्याउ खाँदा चितवनमा १२ जना बिरामी, २ काे अवस्था गम्भीर

 बैशाख २२, २०७७ सोमबार १३:११:३७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – जङ्गली च्याउ खादाँ चितवनमा १२ जना बिरामी भएकाछन् । जङ्गली च्याउ खाँदा बिरामी भएका दुई परिवारका १२ जनाकाे चितवनमा उपचार भइरहेको छ । बिरामीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनाका डीएसपी एकनारायण कोइरालाले बताउनुभयाे । 

जङ्गली च्याउ खाँदा चितवनको कालिका नगरपालिका ३ काे पदमपुरका सात जना बिरामी भएका हुन् । उनीहरुले घर नजिकैको जङ्गली च्याउ खाएका थिए । जङ्गली च्याउँ खाँदा पदमपुरका ३४ वर्षीय शिव चौधरी, २७ वर्षीया समीक्षा चौधरी, २४ वर्षीया अनिता चौधरी, २५ वर्षीय निरजकुमारी चौधरी, ४० वर्षीया सीतावती देवी, ४५ वर्षीय लखन चौधरी र २७ वर्षीया पूजा चाैधरी बिरामी भएका हुन् । 

उनीहरुको अहिले भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये २४ वर्षीया अनिता चौधरीको अस्था गम्भीर रहेको भरतपुर सामुदायिक अस्पतालका डाक्टर महेन्द्र अग्रहरीले जानकारी दिनुभएको छ ।

त्यस्तै जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका २९ काे जुगेडीका पाँच जना बिरामी भएका छन् । उनीहरुले शनिबार साँझ घर नजिकै रहेको वनबाट टिपेर ल्याएको जङ्गली च्याउ खाएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उहाँका २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छाेरीहरु १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् ।

च्याउ खाएसँगै बिरामी परेपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । बिरामीमध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले बताएको छ ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया