१ करोड ९ लाख अवैध भारतीय रुपैयाँसहित दुई जना विराटनगर भन्सारबाट पक्राउ

 बैशाख २३, २०७७ मंगलबार १६:३४:१३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - मोरङको विराटनगरमा रहेको रानी नाकाबाट प्रहरीले १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

खाली ट्रकमा भारतबाट नेपाल तर्फ आएको अवस्थामा त्यति रकम बरामद गरिएको हो ।  

विराटनगरमा रहेको एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक  नेत्र कार्कीले जानकारी दिनुभयो ।  भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली गाडी जाँच गर्ने क्रममा बोराभित्र राखेको अवस्थामा रकम बरामद भएको प्रहरीले जनाएको छ ।

खाली गाडीमा गुट्खाको खोलले बेरेर लुकाएर ल्याइएको अवस्थामा रकम फेला परेको थियो । सशस्त्र प्रहरीले पक्राउ परेका  दुई जनामा गाडीका चालक दार्जिलिङका  २४ वर्षीय रवीन्द्र शर्मा र भारतकै महजपुर जिल्लाका  १८ वर्षीय पप्पु कुमार रहेका छन् ।

नेपाल प्रवेश गराइएको रकमको बारेमा केही नखुलेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया