मोरङ : म्याद नाघेका खाद्य सामग्री बेच्ने व्यापारीलाई दुई लाख रुपैयाँ जरिबाना

 बैशाख २३, २०७७ मंगलबार २०:७:३४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ  - मोरङको उर्लाबारीमा म्याद नाघेको खाद्य सामग्री बेच्ने व्यापारीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको टोलीले अनुगमनको क्रममा उर्लाबारी नगरपालिका ७ मा म्याद गुज्रेको खाद्य सामाग्री बिक्री वितरण गरेको फेला पारेपछि कारबाही गरिएको वाणिज्य कार्यालयका प्रमुख हिमालय बरालले जानकारी दिनुभयो ।

उर्लाबारी-७ मा रहेको बिना श्रेष्ठले संचालन गरेको दिपेन्द्र किराना पसल तथा पाउरोटी उद्योगमा बिक्री गर्न राखिएको खानेतेल, बिस्कुट र पेयपदार्थ  म्याद गुज्रेको  फेला परेपछि कारबाही गरिएको बरालको भनाइ छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम म्याद सकिएको खाद्यवस्तु बिक्री गर्ने पसललाई २ लाख जरिबाना गरिएको बरालले जानकारी दिनुभयो । योभन्दा अगाडि माक्सको कालोबजारी गर्ने बिराटनगरको श्री सर्जिकललाई वाणिज्य कार्यालयले ३ लाख जरिबाना गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया