मोरङ : कोरोना अस्पतालमा उपचाररत ६ जनालाई डिस्चार्जको तयारी, दुई पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ

 बैशाख २३, २०७७ मंगलबार २०:४२:४४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ६ जनालाई डिस्चार्जको तयारी गरिएको छ । 

उपचार केन्द्रमा उपचाररत ३१ जनामध्ये ६ जनामा दोस्रो र तेस्रो पटक पनि कोरोना संक्रमण नेगेटिभ देखिपछि डिस्चार्जको तयारी गरिएको हो । उदयपुरको भुल्केबाट वैशाख ५ र ६ गते अस्पतालमा ल्याएर भर्ना गरिएका १३ जनामध्ये ६ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।

प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार दोस्रो र तेस्रो पटकको परीक्षणमा समेत कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान घर पठाइने भएको छ । 

कोरोना भाइरस नेगेटिभ देखिएका ६ जनालाई रानीस्थित मस्जिदमा रहेको क्वरेण्टीनमा सारिने कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले जानकारी दिनुभयो । आज रातभरमा उनीहरुको थप एउटा रगत परीक्षण समेत गरिनेछ ।

सुरुका १३ जनाको यस अगाडि स्वाब संकलन गरी परीक्षण गरिएको छ । त्यसपछि पुनः दोस्रो पटक सोमबार स्वाब संकलन गरिएको थियो । दोस्रो स्वाबमा ६ जनामा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिने तयारी गरिएको छ । 

सोमबार नै अस्पतालमा भर्ना भएका थप १५ जनाको समेत स्वाब संकलन गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया