कोरोना संक्रमणपछिको अवस्थाबारे कदम चाल्न सरकारलाई कांग्रेसको आग्रह

 बैशाख २४, २०७७ बुधबार २१:२९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसले कोरोना संक्रमणपछिको जटिल अवस्था र तत्काल चाल्नुपर्ने कदमबारे  सरकारको ध्यानाकर्षण गराएको छ । 

सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी तत्काल आवश्यक कदम चाल्न आग्रह गर्नुभएको हो । 

कोरोना संक्रमण परीक्षणलाई जोड दिन, त्रासमा रहेका नागरिकलाई आश्वस्त पार्न र देशभर पीसीआर विधिबाट परीक्षण तीव्र बनाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । 

उहाँले कुबेतमा सेल्टरमा राखिएका झण्डै ३ हजार, मध्यपूर्व तथा अरु देशमा अप्ठ्यारोमा रहेका नेपालीलाई व्यवस्थित योजना बनाएर उद्धार गर्न माग गर्नुभएको छ । यसअघि  कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेटबारे निजी क्षेत्रसँग छलफल गरेको थियो ।

कांग्रेसले आज पार्टी कार्यालय सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरुको नेतृत्वसँग छलफल गरेको हो । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्योगी व्यवसायीले दिएका सुझावलाई संसद र सरकारसम्म लैजाने बताउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया