कोरोना महामारीको क्षति 'पर्ल हार्बर र ९/११ आक्रमण' को भन्दा धेरै : ट्रम्प

 बैशाख २५, २०७७ बिहिबार ११:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई अमेरिकामाथि भएको अहिलेसम्मकै ठूलो र खराब आक्रमणको संज्ञा दिएका छन् । उनले यसो हुनुमा चीनलाई पनि दोषी ठहराएका छन् ।

कोरोना महामारीले दोस्रो विश्व युद्धताका जापानको पर्ल हार्बरमाथि गरिएको आक्रमण र दुई दशकअघि वर्ल्ड ट्रेड सेन्टरमा भएको सेप्टेम्बर ११(९/११)  आक्रमणले भन्दा धेरै अमेरिकालाई प्रभावित बनाएको ट्रम्पले बताए । 

ट्रम्प प्रशासन भाइरसको सङ्क्रमण फैलिनुमा लगातार  चीनलाई जिम्मेवार ठहराउँदै आइरहेको छ । साथै चीनमाथि कठोर कारबाही गर्ने कुरा पनि उठाउँदै आएको छ ।  

अमेरिकाले  महामारीको सामना गर्न नसकेपछि मानिसहरूको ध्यान भङ्ग गर्न आफूमाथिको आरोप लगाउँदै आएको चीनको भनाइ छ । 
चीनको वुहान शहरमा कोरोना सङ्क्रमणको पहिलो घटना देखिएपछि अहिलेसम्म अमेरिकामा १२ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने झण्डै ७३ हजारको ज्यान गएको छ । 

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने,  यो हाम्रो देशमाथि भएको सबैभन्दा खराब आक्रमण हो । यो पर्ल हार्बर र वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणभन्दा‌ धेरै भयानक छ । हामीमाथि कहिल्यै पनि यस्तो आक्रमण भएको थिएन ।

उनले अघि भने, यो कहिल्यै पनि हुनु हुँदैन थियो । यो सुरु हुनेबित्तिकै रोकिनुपर्ने थियो । यो चीनमा नै रोकिनुपर्ने थियो तर यो भएन ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया