रिपोर्ट नेगेटिभ आएपछि विराटनगर कोरोना अस्पतालका ८ जनालाई शुक्रबार डिस्चार्ज गरिने

 बैशाख २५, २०७७ बिहिबार १८:५६:५२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - कोरोना सङ्क्रमण नदेखिएपछि विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकामध्ये आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने भएको छ ।

तीनपटकको परीक्षणमा नतिजा नेगेटीभ आएपछि उदयपुरको भुल्केका पाँचजना, मोरङको रानीका दुई जना र भारतका एक जना नागरिकलाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले २५ जनाको उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया